FAQs Complain Problems

Decisions

चन्द्रागिरी नगरपालिका बोर्डको २५ औं बैठक को निर्णयहरु

चन्द्रागिरी नगरपालिका बोर्डको मिति २०७४  फाल्गुन ३० गते बसेको  २५ औं बैठक को निर्णयहरु

पुरानो घर अभिलेखिकरणकालागि नक्शा पेश गर्दा सुचिकृत प्राबिधिक हुन नपर्ने

चन्द्रागिरी नगरपालिका बोर्डको मिति २०७४  पौष १७ गते बसेको  २१ औं बैठक को निर्णय नं ४ अनुसार यस नगरपालिका भित्र निर्माण भैसकेका घरहरुको अभिलेखिकरणकालागि नक्शा पेश गर्दा नक्शा तयार गर्ने  प्राबिधिकको प्रमाणपत्र नचाहिने तथा नगरपालिकामा सुचिकृत भएको प्रमाणपत्र नचाहिने निर्णय गरिएको छ |

भूकम्प पीडितको घर नक्शा नियमित गर्ने निर्णय

चन्द्रागिरी नगरपालिका बोर्डको मिति २०७४  मंसिर २९ गते बसेको  १९ बैठक को निर्णय नं ३ अनुसार यस नगरपालिका भित्र भूकम्प पीडितको घर नक्शा नियमित गर्ने सम्बन्धि निर्णय 

६ वटा बिषयगत समितिहरुलाई पूर्णता प्रदान गर्ने निर्णय

नगर प्रमुख ज्यु को अध्यक्षतामा मिति २०७४/०६/२९ गते बसेको नगरपालिका बोर्डको 15 औं बैठकले आगामी नगर सभाबाट अनुमोदन गर्ने गरि ६ वटा बिषयगत समितिहरुलाई पूर्णता प्रदान गर्ने निर्णय गरेको छ |

भूकम्प पीडितलाई घरनिर्मान गर्दा प्रशासनिक शुल्क बाहेक अरु शुल्क नलिने

चन्द्रागिरी नगरपालिका बोर्डको मिति २०७४  असोज २९ गते बसेको  १५ औं बैठक को निर्णय नं ८ अनुसार भूकम्प पीडितलाई भूकम्प पश्चात घरनिर्माण गर्दा प्रशासनिक शुल्क बाहेक अरु शुल्क नलिने निर्णय गरिएको छ |

नक्शा तयार गर्ने  प्राबिधिकले प्रति बर्गफित रु. ४ का दरले मात्र शुल्क लिन पाउने

चन्द्रागिरी नगरपालिका बोर्डको मिति २०७४  श्रावन १० गते बसेको  ८ औं बैठक को निर्णय नं ४ अनुसार यस नगरपालिका भित्र घरहरुको अभिलेखिकरणकालागि नक्शा तयार गर्ने  प्राबिधिकले प्रति बर्गफित रु. ४ का दरले मात्र शुल्क लिन लगाउने

निर्णय गरिएको छ |