FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

  • सक्दैनन् । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न परिचय पत्र प्राप्त गरेकै हुनुपर्छ ।
  • त्यस्ता व्यक्तिहरुको निवेदन उपर छानविन गरी सम्बन्धित स्थानीय तहको वडा कार्यालयले परिचय पत्र दिने व्यवस्था छ ।
  • सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ठ नागरिकहरुले हरेक आर्थिक वर्ष (श्रावण देखि आषाढ मसान्त सम्म) को पौष मसान्त भित्र सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा निवेदन दिनु पर्दछ । तर जेष्ठ नागरिक बाहेक अन्यको हकमा जहिले सुकै निवेदन दिन पाइन्छ।

पाउदैन । कुनै व्यक्ति एकभन्दा बढी लक्षित समुहमा परेमा त्यस्तो व्यक्तिले सबैभन्दा बढी रकम भएको एक समूहको भत्ता वा वृत्ति मात्र पाउनेछ ।

  • नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघसंस्था, कम्पनीबाट तलव, भत्ता, पेन्सन वा यस्तै अन्य नाममा मासिक रुपमा रकम प्राप्त गर्नेहरुले सामाजिक सुरक्षा भत्ता लिन पाइदैन ।
  • हुँदैन । स्थानीय निकायले जारी गरेको जन्म दर्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्दछ ।
  • जन्मिएको साल र महिना खुलेको तर गते नखुलेको भए उल्लिखित महिनाको मसान्त र सालमात्र खुलेको वा उमेर मात्र उल्लेख भएको भए सम्बन्धित वर्ष(साल) को चैत्र मसान्तलाई आधार मानी जन्म मिति गणना गरिनेछ ।
  • नेपाली नागरिकताको प्रमाणपत्रको उमेरलाई आधार मानिन्छ । १६ वर्ष भन्दा कम उमेरका लाभग्राहीको हकमा जन्म दर्तालाई आधार मानिन्छ।

Pages