FAQs Complain Problems

वडा नं. ९

चन्द्रागिरी नगरपालिका वडा नं. ९, मच्छेगाउँ को परिचय

चन्द्रागिरी नगरपालिका वडा नं. ९ साबिक चन्द्रागिरी नगरपालिका वडा १३ र १४ अर्थात विगत को मच्छेगाउँ गाबिस हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौं जिल्लामा थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाणभञ्ज्याङ, बलम्वु, महादेवस्थान , तीनथाना , सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ यी ११ गाउँ विकास समितिहरूलाई समेटेर चन्द्रागिरी नगरपालिका घोषणा गर्दा  मच्छेगाउँ वडा १३ र १४ मा विभाजन भएको थियो भने राज्य पुनर्सरचना आयोग को पुनसंरचना २०७४ पछि वडा नं. ९ भएको हो l

           राजधानी केन्द्रबाट १० कि.मी. दक्षिण–पश्चिम भेगमा पर्ने मच्छेगाउँ २७० ३९’ ४०’’ उत्तरी अक्षांशदेखि २७० ४०’ ५१’’ उत्तरी अक्षांश र ८५० १४’ २०’’ पूर्वी देशान्तरदेखि ८५० १५’ ४५’’ पूर्वी देशान्तरका बीचमा अवस्थित छ । यसको भूभाग समुद्री सतह १६०० मी. देखि २००० मी. सम्मको उचाईमा रहेको छ भने १.५९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पुर्वमा कीर्तिपुर नगरपालिका, उत्तरमा  तीनथाना, पश्चिममा सतुंगल र मातातीर्थ तथा दक्षिणमा दक्षिणकलि नगरपालिका संग जोडिएको छ ।