FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

  • मिल्दछ । यसो गर्दा बालकको जन्म दर्ता गर्दा प्रमाणपत्रमा नेपाली राजदुतावास वा महावाणिज्य दुतावासले उपलब्ध गराएको TRAVEL DOCUMENT मा उल्लेखित विवरण (जस्तै जन्म स्थान, देश र जन्म मिति) उल्लेख गर्नु पर्दछ । यसबाहेक जन्म दर्ता प्रमाणपत्रमा विदेशी हो भने विदेशी र थाहा नभएको अवस्थामा थाहा नभएको उल्लेख गर्नु पर्दछ ।
  • कारागारमा जन्मेका-रहेका बालबालिकाको कारागारमा रहेको व्यहोरा प्रमाणित भई आए बमोजिम जन्म दर्ता गर्न मिल्दछ ।
  • सकिन्छ । तर एस.एल.सी. उत्तीर्ण भएको मितिले ६ महिना नाघेको अवस्थामा मात्र एस.एल.सी. को लव्धाकं पत्र र विद्यालयले दिएको चारित्रिक प्रमाणपत्रको आधारमा जन्म मिति सच्याउन सकिने व्यवस्था रहेको छ । एस. एल. सी. उत्तिर्ण भएको ६ महिनाभित्र जन्म दर्ता प्रमाणपत्रको आधारमा एस. एल. सी बार्डले शैक्षिक प्रमाणपत्रमा विवरण सच्याई दिने व्यवस्था रहेको छ ।

मिल्दैन । यसमा प्रश्न ५ को सूचकको महलमा उल्लेख भए बमोजिम स्थानीय निकायका पदाधिकारीले सूचक बस्नु पर्ने हुन्छ ।

  •  सम्बन्धित देशको राजदुतावास वा नियोगले प्रमाणित गरिदिएको सूचक वा आधिकारिक व्यक्तिले सूचक हुन पाउँछ । यसका लागि निम्नानुसारको थप कागजात समेत चाहिन्छ । क. मृत्यु भएको अस्पताल वा प्रहरी प्रतिवेदन, ख. सम्बन्धित देशको राजदुतावासको सिफारिस वा कुनै कार्यालय वा योजनामा कार्यरत रहेको भए प्रमुखको रितपूर्वकको पत्र ।
  • मिल्दछ । विदेशी नागरिक र नेपाली नागरिक बीच भएको विवाह प्रमुख जिल्ला अधिकारी वा कानूनले तोकेको अधिकारीद्वारा विवाह दर्ता ऐन, २०२८ बमोजिम प्रदत्त विवाहको प्रमाण देखिने कागजातको आधारमा मात्र दर्ता गर्न सकिन्छ ।
  • यस्तो विवाह दर्ता गर्न विवाह दर्ता ऐन, २०२८ को प्रकृया पुरा गर्नु पर्दैन तर विवाह दर्ता प्रमाणपत्रमा पत्नीको नागरिकता नम्बरको महलमा भारतीय पासपोर्ट नम्बर वा भारतीय नागरिक जनिने विवरण उल्लेख गर्नु पर्दछ ।
  • वेपत्ता भएको आधिकारिक प्रमाण, विवाहित महिलाको सासू वा ससुरा वा देवर वा जेठाजु भएमा निजहरुमध्ये १ जना समेत कम्तीमा ५ जना भएको स्थलगत सर्जमिन मुचुल्काको आधारमा वेपत्ता भएका नागरिकको विवाह दर्ता गर्न सकिन्छ ।
  •  पतिले विवाह दर्ता गर्न ईन्कार गरेमा नाता कायम भएको प्रमाणपत्र वा नाता कायमबारे अदालतको फैसलाको आधारमा विवाह दर्ता गर्नुपर्दछ ।

Pages