FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

  • बैंकमा खाता खोल्ने क्रममा उपस्थित भई खाता खोल्नु पर्दछ । बैंक खाता खुलेपछि बैंक खातामा रकम पठाइने भएकोले रकम निकाल्न चाहेको समयमा बैंकमा उपस्थित हुनुपर्छ । तर चेकमा सही गरी अन्य व्यक्तिलाई पठाएर पनि रकम प्राप्त गर्न सकिन्छ ।
  •  सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको नाममा बैङ्कमा व्यक्तिगत बचत खाता खोली सोही खातामा स्थानीय निकायले भत्ता वापतको रकम पठाइदिने र सेवाग्राहीले आफ्नो इच्छा अनुसार रकम निकाल्न मिल्ने ब्यवस्थालाई नै बैङ्क मार्फत भत्ता वितरण गर्नु भनिन्छ ।
  • मिल्दैन । हस्ते गरी वा नगरी सम्बन्धित व्यक्ति बाहेक अन्य व्यक्तिलाई भत्ता रकम वितरण गर्न मिल्दैन । रातो कार्ड पाएका पूर्ण अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्रमा उल्लेखित निजको संरक्षकलाई तथा बालबालिकाको भत्ता निजको आमा वा अभिभावकलाई बुझाउन मिल्छ।
  • व्यक्तिले प्राप्त गरेको भत्ता माथि सम्बन्धित व्यक्तिकै अधिकार हुने भएकोले व्यक्तिले आफ्नो इच्छा अनुसार खर्च गर्न सक्दछन् । तर बाल पोषण भत्ताको रकम बालबालिकाको लागि आवश्यक पौष्टिक खानामा खर्च गर्न दिइन्छ ।
  • सामाजिक भत्ता वितरण गर्ने दिन र समयमा लाभग्राहीहरु स्थानीय निकायले तोकेको मिति र स्थानमा परिचयपत्र सहित उपस्थित भई भत्ता लिनु पर्दछ ।
  • एक आर्थिक वर्षको भत्ता अर्को आर्थिक वर्षमा वितरण गर्न नमिल्ने अर्थात् फ्रिज हुने भएकोले अघिल्लो आ.व.को भत्ता पाउँदैनन् । त्यस्ता व्यक्तिहरुले असारको २० गते सम्म रकम नबुझेमा त्यस्तो रकम सरकारी ढुकुटी (राजस्व) मा फिर्ता दाखिला हुन्छ ।
  • अघिल्लो चौमासिकको भत्ता रकम दोश्रो वा तेश्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ तर एक आर्थिक वर्षको भत्ता अर्को आर्थिक वर्षमा लिन सकिँदैन ।
  • हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा तीन पटक भत्ता वितरण गरिन्छ । असोज, माघ र जेष्ठ महिनाको १ गते देखि १५ गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ ।
  • गर्नुपर्दछ । सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिकहरुले हरेक आ.व. को पौष मसान्त भित्र आफ्नो परिचय पत्र नवीकरण गर्नको लागि निवेदन दिनुपर्दछ । नवीकरण नगरेमा आगामी आ.व. मा भत्ता प्राप्त गर्न सक्ने छेनन्।

Pages