FAQs Complain Problems

चन्द्रागिरि नगरपालिका र आयुर्वेद चिकित्सालय नरदेवीबीच सेटेलाइट क्लिनिक संचालन सम्वन्धमा हस्ताक्षर कार्यक्रम सम्पन्न |

आज मिति २०८०/०२/०९ गते चन्द्रागिरि नगरपालिकाको कार्यालयमा चन्द्रागिरि नगरपालिका र आयुर्वेद चिकित्सालय नरदेवीबीच मातातीर्थ आयुर्वेद औषधालयलाई आयुर्वेद चिकित्सालय नरदेवीको सेटेलाइट क्लिनिकको रुपमा सेवा दिने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख घनश्याम गिरीज्युको अध्यक्षतामा सम्पन्न उक्त सम्झौता कार्यक्रममा नगर उप-प्रमुख बसन्ती श्रेष्ठज्यु, प्रमुख प्रशासकीय अधिकृत जीवन प्रसाद आचार्यज्यु, आयुर्वेद शाखा प्रमुख नारायण प्रसाद आचार्यज्युका साथै चिकित्सालयको तर्फबाट निर्देशक डा. प्रदीप के. सी.ज्यु लगायत अन्य प्रतिनिधिज्युहरुको उपस्थिति रहेको थियो।