FAQs Complain Problems

नगर प्रहरी जुनियर अधिकृत तथा जवानहरुको आधारभूत तालिम सम्पन्न |

न्द्रागिरि नगरपालिकामा नियुक्त भएका नगर प्रहरी जुनियर अधिकृत तथा जवानहरुको आधारभूत तालिम सम्पन्न भएको छ | आज मिति २०८० माघ ४ गते राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा अन्तिम प्रवचन कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो | उक्त तालिम समापन समारोहको प्रमुख अतिथि नगर प्रमुख श्री घनश्याम गिरीज्यू रहनुभएको थियो र अन्य सहभागीहरुमा नगर उप प्रमुख श्री बसन्ती श्रेष्ठज्यू, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री कमल गिरीज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री हेमराज अर्यालज्यू, नगर प्रवक्ता श्री कृष्ण प्रसाद खड्गीज्यू, वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिका सदस्यज्यूहरु, जनप्रतिनिधिज्यूहरु, प्रशिक्षण प्रतिष्ठानका सशस्त्र प्रहरीहरु, शाखा प्रमुख तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो | आधारभूत तालिम मिति २०८०/०८/२४ मा सुरु भएको थियो | उक्त तालिममा नगर प्रहरीहरुलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका प्रशिक्षकज्यूहरुबाट अग्नी नियन्त्रण, आपतकालीन उद्दार, कार्यालय सुरक्षा, विशिस्ट व्यक्ति सुरक्षा, अतिथि सत्कार, ट्राफिक व्यवस्थापन, मानव अधिकार, ड्रिल, भुकम्प, हुल तथा दङ्ग व्यवस्थापन, अनआर्म कम्व्याट, कानुन लगायत विविध विषयहरुमा प्रशिक्षित गरि काठमाडौं महानगरपालिकाको समेत भ्रमण गराईएको थियो |