FAQs Complain Problems

कलंकी नागढुंगा सडकखण्डमा चल्ने सवारीसाधनहरुमा फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतनामुलक स्टिकर अभियान संचालन |

आज मिति २०७९/०४/३० गते नगर प्रमुख घनश्याम गिरीज्युको अध्यक्षतामा कलंकी नागढुंगा सडकखण्डमा चल्ने सवारी साधनहरुमा फोहोरमैला ब्यबस्थापन सम्बन्धि सचेतनामूलक अभियान तथा स्टिकर वितरण कार्यक्रम संचालन भएको छ। कार्यक्रमको प्रमुख अतिथिमा प्रहरी नायव महानिरीक्षक मीरा चौधरीज्यु रहनु भएको थियो | उक्त कार्यक्रममा नगर प्रमुखज्युले विभिन्न सचेतनामूलक स्टिकर हस्तान्तरण गरि सार्वजनिक सवारी साधनमा टास्ने तथा सवारी चालकलाई फोहोरदानीको ब्यबस्थापन गर्न गराउन निर्देशन दिने कार्य भएको थियो। कार्यक्रममा नगर उप प्रमुखज्यु, विभिन्न वडाका वडाध्यक्षज्युहरु, कार्यपालिका सदस्यज्युहरु, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखज्युहरु, फोहोरमैला ब्यबस्थापन गर्ने संस्थाहरु तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाल सेनाका प्रतिनिधिज्युहरुको पनि उपस्थिति रहेको थियो।