FAQs Complain Problems

चन्द्रागिरि नगरपालिकाको आ.व २०७९/०८० मा भए गरेका काम कारवाही हरुको बार्षिक प्रगति समिक्षा सम्पन्न |

चन्द्रागिरि नगरपालिकाले आ.व २०७९/०८० मा बिभिन्न विषयगत शाखाहरुले गरेका काम कारवाहीहरुको बार्षिक समिक्षा कार्यक्रम मिति २०८० भाद्र ३१ गते आइतवारका दिन चन्द्रागिरि नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ | उक्त वार्षिक समिक्षा कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री घनश्याम गिरीज्यूले गर्नु भएको थियो | कार्यक्रममा नगर उप प्रमुख श्री वसन्ती श्रेष्ठज्यू, नगर प्रवक्ता श्री कृष्ण प्रसाद खड्गीज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री हेमराज अर्यालज्यू, वडा नं १ देखि १५ नं सम्मका वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिका सदस्यज्यूहरु, नगर सभा सदस्यज्यूहरु, बिभिन्न बिषयगत शाखाका शाखा प्रमुखज्यूहरु, वडा सचिवज्यूहरु, पत्रकार एवं मिडियाकर्मीज्यूहरुको उपस्थिति रहेको थियो |