FAQs Complain Problems

चन्द्रागिरि नगरपालिकाको सातौ नगर सभा तथा बजेट अधिबेशन सुरु |

चन्द्रागिरि नगरपालिकाको सातौ नगरसभा तथा आगामी आ.व.०७८/०७९ को बजेट अधिबेशन चन्द्रागिरि नगरपालिकाको निर्माण सम्पन्न हुन लागिरहेको आफ्नै भवनमा आज मिति २०७८/०३/१० गते देखि सुरु भएको छ | बिहान ११ बजे बोलाइएको नगरसभामा नगर उपप्रमुख श्री लिशा नकर्मीज्यूले आगामी आ.व ०७८/०७९ को लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो, सोहि सभामा उपप्रमुखज्यूबाट आर्थिक विधेयक २०७८, राजश्व विधेयक २०७८ समेत पेश गर्नु भएको छ | सभाको अर्को बैठकमा पेश भएको नीति, कार्यक्रम तथा बजेट, विधेयकहरुमाथि छलफल हुनेछ | सभाको अध्यक्षता नगर प्रमुख श्री घनश्याम गिरीज्यूले गर्नुभएको छ र सभाध्यक्षज्यूबाट अर्को बैठक मिति २०७८/०३/१७ गते बिहिबार बिहान ११ बजे बस्ने गरि आजको बैठक स्थगित गर्नुभएको छ |