FAQs Complain Problems

माईका नेपाल (Micah Nepal) र एहिपस्सिको बुद्धिश्ट फाउन्डेसन नेपाल (EBF) द्वारा कोरोना भाइरस (COVID-19) को रोकथाम तथा नियन्त्रणका लागि मिति २०७७ श्रावण २ गते स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न |

कोरोना भाईरस (COVID-19) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको चन्द्रागिरि नगरपालिका नगरस्तरीय विपद् व्यवस्थापन समितिको कोषमा आज मिति २०७७ श्रावण २ गते माईका नेपाल (Micah Nepal) र एहिपस्सिको बुद्धिश्ट फाउन्डेसन नेपाल (EBF), चन्द्रागिरि-५ को तर्फबाट प्रमुख तथा प्रतिनिधिज्यूहरु मार्फत बिभिन्न स्वास्थ्य सामाग्री सहयोग स्वरूप नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा नगरपालिका कर्मचारीहरुका विच नगरपालिकालाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो । स्वास्थ्य सामाग्री सहयोग स्वरूप माईका नेपाल (Micah Nepal) को तर्फबाट पि.पि.ई ५ सेट, सर्जिकल माक्स ३०० थान, थर्मल गन २ वटा, ह्यान्ड सेनिटाईजर ५ लि. र एहिपस्सिको बुद्धिश्ट फाउन्डेसन नेपाल (EBF) को तर्फबाट सर्जिकल माक्स १५० थान, ह्यान्ड सेनिटाईजर ५ लि. रहेको छ | सहयोग गर्नुहुने माईका नेपाल (Micah Nepal) र एहिपस्सिको बुद्धिश्ट फाउन्डेसन नेपाल (EBF) परिवारप्रति चन्द्रागिरि नगरपालिका हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।