FAQs Complain Problems

मेलमिलापकर्ताहरुका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न |

चन्द्रागिरि नगरपालिका न्यायिक समितिद्वारा नगरपालिकामा सुचिकृत मेलमिलापकर्ताहरुको लागि १(एक) दिवसीय प्रशिक्षण कार्यक्रम मिति २०७८/०५/२८ इन्द्रथान दहचोकमा सम्पन्न भएको छ, कार्यक्रमको सभाध्यक्षतामा न्यायिक समिति संयोजक तथा नगर उप-प्रमुख श्री लिशा नकर्मीज्यू, प्रमुख अतिथिमा नगर प्रमुख श्री घनश्याम गिरीज्यू रहनु भएको थियो, कार्यक्रममा नगर प्रवक्ता श्री हरिभक्त महर्जनज्यू, न्यायिक समिति सदस्यद्वय श्री माधव कुमार के.सीज्यू, श्री सुरेन्द्र के.सीज्यू तथा प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुनि सल्लहाकार, कानुन शाखा प्रमुख तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो | प्रशिक्षण कार्यक्रममा बाह्य प्रशिक्षकद्वारा मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो |