FAQs Complain Problems

Start Up World Cup Championship अभिमुखीकरण कार्यक्रम सम्पन्न |

जिल्ला समन्वय समिति काठमाडौंको आयोजना एवं चन्द्रागिरि नगरपालिकाको संयोजनमा Start Up World Cup Championship अभिमुखीकरण कार्यक्रम मिति २०८१ जेष्ठ ११ गते नगरसभा हलमा सम्पन्न भयो |

नगर प्रमुख श्री घनश्याम गिरीज्यूको अध्यक्षतामा भएको यस कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख श्री सन्तोष बुढाथोकीज्यूले गर्नुभएको थियो | विशेष अतिथिमा जि.स.स उप-प्रमुख श्री शान्ति पाण्डेज्यू, चन्द्रागिरि नगरपालिकाका उप-प्रमुख बसन्ती श्रेष्ठज्यू रहनु भएको थियो | उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रवक्ता, जनप्रतिनिधिहरु, Start Up World Cup Nepal का प्रतिनिधि, कर्मचारीहरु, प्रधानाध्यापक, विद्यार्थी, बैंकर्स, इन्जीनियरिंग संस्थाका प्रतिनिधिहरु लगायत गरि करिव २०० जनाको उपस्थिति रहेको थियो |

उक्त कार्यक्रममा Start Up World Cup Nepal का अध्यक्ष डा. शम्भु पोखरेलले Start Up का वारेमा अभिमुखीकरण गर्नुभएको थियो |

कार्यक्रमका प्रमुख अतिथिज्यूले नगरस्तरीय Start Up Championship कार्यक्रम संचालन गरिने कुरा बताउनु भएको थियो भने कार्यक्रमको अध्यक्षता गर्नुहुने नगर प्रमुखज्यूले यस नगरपालिकामा Start Up कार्यक्रम संचालनमा भरपुर सहयोग गर्ने वताउनुभयो |