FAQs Complain Problems

अनधिकृत रुपमा बनाईएका घर टहरा एवं होडिङ बोर्ड हटाउने कार्य प्रारम्भ भएको सम्वन्धमा |

आज मिति २०८३/०३/०५गते विहान ८:०० बजे देखि संघीय सरकारको निर्देशन तथा चन्द्रागिरि नगरपालिकाको समन्वयमा चन्द्रागिरि नगरपालिकाको पश्चिम सिमाना जोडिएको झ्याप्ले खोला देखि नागढुङ्गा सम्म अनधिकृत रुपमा बनाईएका घर टहरा एवं होडिङ बोर्ड नगरप्रमुखज्यूको नेतृत्वमा नगरका जनप्रतिनिधी तथा स्थानियको उपस्थिति एवं नेपाल प्रहरी, नगर प्रहरीको सहकार्यमा पहिलो चरणमा हटाउने कार्यको शुरुआत भएको छ । उक्त कार्य सम्वन्धमा मिति २०८३/०१/२३ गते देखि नै विभिन्न माध्यमबाट सूचित गरिएको थियो र सो कार्य आगामी दिनमा थप प्रभावकारी साथ् अगाडी बढाइने समेत सम्वन्धित सरोकारवालाहरुको जानकारीको लागि अनुरोध छ । यस अभियानमा सहयोग गर्ने नगरबासी,सुरक्षानिकाय,पत्रकार लगायत सम्पूर्णलाइ चन्द्रागिरि नगरपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछ।