FAQs Complain Problems

फोटो ग्यालरी

नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना(NLSIP) द्वारा नव निर्मित चन्द्रागिरि नगरपालिका पशु सेवा शाखा बलम्बुमा रहेको भवन आज मिति २०७९/०५/१४ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री माननीय मृगेन्द्र कुमार सिंह यादवज्यूको प्रमुख आतिथ्यतामा, मन्त्रालयका सचिव डा. दीपक कुमार खरालज्यूको अध्यक्षता र चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख श्री घनश्याम गिरीज्यूको बिशेष आतिथ्यता तथा नगर उपप्रमुख श्री बसन्ती श्रेष्ठज्यूको आतिथ्यतामा नव निर्मित भवनको उद्घाटन सम्पन्न भयो | भवनको उद्घाटन माननिय मन्त्रीज्यू र नगर प्रमुखज्यूले संयुक्त रुपमा गर्नुभएको थियो भने उद्घाटन पश्चात श्रीमान सचिवज्यूबाट चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई भवन हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको थियो । उक्त कार्यक्रममा वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिका सदस्यज्यूहरु, आयोजना प्रमुखज्यू, आयोजनाका तथा नगरपालिकाका कर्मचारीज्यूहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिज्यूहरू, पत्रकारज्यूहरू र कृषक दाजुभाइ दिदी बहिनिहरुको उल्लेख्य सहभागिता रहेको थियो |

, , , , , , , , , , , ,

आज मिति २०७९/०४/३० गते नगर प्रमुख घनश्याम गिरीज्युको अध्यक्षतामा कलंकी नागढुंगा सडकखण्डमा चल्ने सवारी साधनहरुमा फोहोरमैला ब्यबस्थापन सम्बन्धि सचेतनामूलक अभियान तथा स्टिकर वितरण कार्यक्रम संचालन भएको छ। कार्यक्रमको प्रमुख अतिथिमा प्रहरी नायव महानिरीक्षक मीरा चौधरीज्यु रहनु भएको थियो | उक्त कार्यक्रममा नगर प्रमुखज्युले विभिन्न सचेतनामूलक स्टिकर हस्तान्तरण गरि सार्वजनिक सवारी साधनमा टास्ने तथा सवारी चालकलाई फोहोरदानीको ब्यबस्थापन गर्न गराउन निर्देशन दिने कार्य भएको थियो। कार्यक्रममा नगर उप प्रमुखज्यु, विभिन्न वडाका वडाध्यक्षज्युहरु, कार्यपालिका सदस्यज्युहरु, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखज्युहरु, फोहोरमैला ब्यबस्थापन गर्ने संस्थाहरु तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाल सेनाका प्रतिनिधिज्युहरुको पनि उपस्थिति रहेको थियो।

, , , , , , ,

चन्द्रागिरि नगरपालिका कार्यालयको कर संकलन प्रणालीलाई सहज बनाउने उद्धेश्यले घर घरबाटै सम्पति कर, मालपोत कर, व्यवसाय कर, घर जग्गा बहाल कर डिजिटल वालेटको माध्यमबाट तिर्न सकिने प्रणालीको विकास गरि आज एक कार्यक्रमका विच नगर प्रमुख श्री घनश्याम गिरीज्यूबाट अनलाईन कर भुक्तानी प्रणालीको शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ | शुभारम्भ कार्यक्रममा नगर उप प्रमुख तथा राजश्व परामर्श समितिका संयोजक श्री बसन्ती श्रेष्ठज्यू , प्रमुख प्रशासकीय अधिकृत श्री निरज पौडेल, वडा अध्यक्षहरु, राजश्व परामर्श समितिका पदाधिकारीहरु, वडा तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो |

बिभिन्न डिजिटल वालेटहरु(Connect IPS, Khalti, Prabhu Pay, IME Pay, E-Sewa etc) बाट कर तिर्न सकिने हुँदा करदाता आफैले घरमै बसी कर तिर्न सकिने हुँदा जनशक्तिमा लाग्ने खर्च बचत, लाईन बसीरहन नपर्ने, समयको बचत, छिटो, छरितो, विश्वनीय, नगद बोकेर हिड्नु नपर्ने, हिसाब किताव राख्न सजिलो हुने विश्वास लिएको छ |

अनलाईन कर भुक्तानी प्रणाली https://tax-chandragiri.softechnp.com/login मा रजिस्टर गर्दा आफ्नो करदाता संकेंत नं राख्दा नभेटीएमा फोन नं र ईमेल सहि नभएको मान्नुपर्नेछ र सच्चाउनको लागि https://tax-chandragiri.softechnp.com/app.../confirmtaxpayer मा गई आधिकारिक ईमेल र फोन नं. Update गर्नु पर्ने हुन्छ, तत्पश्चात रजिस्टर गरि करदाता संकेत नं राखी आएको OTP Verification गरि युजरनेम र पासवर्ड तयार गरि Login गर्न सकिनेछ | Login गर्दा OTP आएको कोड नै प्रारम्भिक Password हुनेछ र आफ्नो Password परिवर्तन गरे पश्चात Login गर्न सकिनेछ, र कुन माध्यमबाट कर तिर्ने हो सोहिअनुसार कर तिर्न सकिनेछ |

साथै Digital Wallets हरुको Application बाट Chandragiri Municipality को लिंक भित्र गई सोझै करदाता संकेत नं हानी कर तिर्न समेत सकिनेछ |

, , , , , , , , , , ,

आ.व. २०७७/०७८ को तुलनामा आ.व. २०७८/०७९ मा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्ने वडाहरु: १, २, ४, ५, ७, ९, १२, १३, १४ र १५ का वडाहरुलाई सम्मान प्रकट गर्नुहुँदै प्रमुख श्री घनश्याम गिरीज्यू, उप-प्रमुख श्री बसन्ती श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत श्री निरज पौडेल साथमा अन्य कर्मचारीहरु, साथै सवैभन्दा बढी राजश्व संकलन गर्नेमा वडा नं १५ रहेको छ |

, , , , , , , , , , , ,

आज मिति २०७७ आश्विन २९ गते सेतो छडी दिवसको अवसर पारेर चन्द्रागिरि नगरपालिकाको सहकार्य र राष्ट्रिय अपाङ्ग कोषको सहयोगार्थमा चन्द्रागिरि नगरपालिकाका नगर उपप्रमुख श्री लिशा नकर्मीज्युको अध्यक्षता, नगर प्रमुख श्री घनश्याम गिरीज्युको प्रमुख आतिथ्यता, राष्ट्रिय अपाङ्ग कोषका अघ्यक्ष श्री रमेश लामा , प्रमुख प्रशासिकय अधिकृत श्री राजेन्द्र कार्की तथा नगरपालिकाका अन्य कर्मचारीहरुको उपस्थितिमा अपांगता भएका २८ जना व्यक्तिहरुलाई ४७ थान सहायक सामग्री बितरण गर्ने कार्य सम्पन्न भयो ।

, , , , , , , , ,

आ.ब. २०७५/७६ का लागि संचालन हुने बिभिन्न आयोजना तथा कार्यक्रमहरुको अनुगमन यस नगरपालिकाका अनुगमन समितिका अध्यक्ष तथा नगर उप प्रमुख श्री लिशा नकर्मी ज्यूको नेतृत्वमा र नगरपालिकाका प्राबिधिक तथा योजना अनुगमन शाखाका कर्मचारीहरुको उपस्थितिमा मिति २०७५/१०/२३ र २५ गते वडा नं ३, ४ र १२ मा सम्पन्न भएको छ साथै सो अनुगमन निरन्तर  रुपमा अन्य वडाहरुमा पनि जारि रहने छ |

, , , , , , ,

छैटौं बिश्व स्वास्थ दिबसको अबसरमा बलम्बु १२ नं वडा स्वास्थ केन्द्रको ईन्चार्ज सीता बानियाज्यूको संयोजकत्व र चनपाका मेयर आदरणिय घनश्याम गिरीज्यूको प्रमूख आतित्थयमा छौठौं सरसफाई कार्यक्रम सम्पन्न भयो।ऊक्त अबसरमा नगर प्रमूख लगायत सहभागि संपूर्ण नगर वडा स्वस्थ केन्द्रका ईन्चार्जज्यूहरू, कर्मचारीहरू,१२ नं वडाका जनप्रतिनिधिहरू वडाबासि सर्बसाधारणहरू सफाईमा प्रत्येक्ष सहभागि हुनु भयो।

छौठौं सरसफाई कार्यक्रम २०७४,

यस चन्द्रागिरी नगरपालिकाका उपमेयर ज्यू, वडा अध्यक्ष ज्यू, प्राविधिक तथा कर्मचारीबाट चन्द्रागिरी नगरपालिका वडा नं.४, थानकोट स्थित बसपार्क देखि ढोकसी सम्मको बाटो ढलान आयोजनाको अनुगमन भएको छ ।।

धुलिखेलमा आयोजित नगरपालिका कर्मचारीहरुको लागि स्थानीयतह संचालन सम्बन्धि कानुनी व्यवस्था र भूमिका एवं नेतृत्व विकाश तालिमका केहि झलकहरु

,

नगर प्रमुखज्यू तथा उप प्रमुखज्यू ले यस नगरपालिकाकामा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री सीता परियारज्यूलाई स्वागत गर्नु हुँदै

,

यस नगरपालिकाका नव निर्वाचित नगर प्रमुखज्यू, नगर उप प्रमुखज्यू, वडाध्यक्षज्यूहरू तथा सदस्यज्यूहरुको सपथ ग्रहण कार्यक्रम

,

तेस्रो नगरपरिषद्बारा पारित अा.व. २०७४।०७५ काे बार्षिक नगर विकास योजना सार्वजनिकिकरण कार्यक्रम, सतुंगल पार्टी प्यालेस

, , , ,

आव २०७२।०७३ सालको तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०७३।०३।३० गते नैकाप फुटवल ग्राउण्डमा सम्पन्न भएका केहि झलकहरु

, , , ,

संघयी मामिला तथा स्थानीय विकास राज्य मन्त्री माननीय कुन्ती कुमारी शाहीज्यू को प्रमुख आतिथ्यमा भएको यस नगरपालिकाको वडा कार्यालय सञ्चालन सम्वन्धि वृहत अन्तरकृया तथा तालिम कार्यक्रम २०७२

, , , , ,