FAQs Complain Problems

आ.व २०७९/०८० को दोस्रो चौमासिकसम्म भए गरेका काम कारवाहीका सम्वन्धमा सार्वजनिक सुनुवाई सम्पन्न |

चन्द्रागिरि नगरपालिकाको आ.व २०७९/०८० को दोस्रो चौमासिकसम्म भए गरेका काम कारवाहीका सम्वन्धमा सार्वजनिक सुनुवाई मिति २०७९ चैत्र १९ गते नगर प्रमुख श्री घनश्याम गिरीज्यूको अध्यक्षता, विशेष अतिथि नगर उप प्रमुख श्री बसन्ती श्रेष्ठज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री जीवन प्रसाद आचार्यज्यू, वडा नं १ देखी १५ नं वडासम्मका जनप्रतिनिधिज्यूहरु, कर्मचारीहरु, बिभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु, स्थानीयवासी तथा लव्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको छ, सो अवसरमा प्रमुख प्रशासकीय अधिकृतबाट आ.व २०७९/०८० को दोस्रो चौमासिकसम्म भए गरेका कामकारवाहीहरुका सम्वन्धमा समीक्षात्मक प्रस्तुतीकरण गर्नु भएको थियो |