FAQs Complain Problems

चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवनको समुद्घाटन सम्पन्न |

चन्द्रागिरि नगरपालिकाले सुविधा सम्पन्न आफ्नै प्रशासकीय भवनको निर्माण सम्पन्न गरि आज मिति २०७८ माघ २४ गते सोमवार उद्घाटन गरेको छ | जिल्ला समन्वय समितिका प्रमुख श्री शिवसुन्दर राजवैधज्यू र नगर प्रमुख श्री घनश्याम गिरीज्यूले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि उद्घाटन गर्नुभएको छ | उद्घाटन समारोहको सभाध्यक्षता नगर प्रमुख श्री घनश्याम गिरीज्यू, प्रमुख अतिथि जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख श्री शिवसुन्दर राजवैधज्यू रहनु भएको थियो | समारोहमा जिल्ला समन्वय समिति काठमाडौंका उप प्रमुख श्री सरिता दहालज्यू, चन्द्रागिरी नगरपालिकाका उप प्रमुख श्री लिशा नकर्मीज्यू, जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला समन्वय अधिकारीज्यू, चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यू, जिल्ला समन्वय समिति काठमाडौंका सदस्यज्यूहरु, नेपाली सेना जगदल गण छाउनीका प्रमुख सेनानीज्यू, नेपाली सेना उपत्यका तालिम शिक्षालय थानकोटका प्रमुख सेनानीज्यू, महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुखज्यू, चन्द्रागिरि नगरपालिका वडा नं १ देखि १५ नं वडासम्मका अध्यक्षज्यूहरु, नगर कार्यपालिका सदस्यज्यूहरु, राजनीतिक दलका प्रतिनिधिज्यूहरु, नगरपालिका गठन देखि नगरपलिकाको भवन निर्माणको लागि जग्गा प्राप्ति लगायत महत्वपूर्ण योगदान गर्ने सर्वदलीय प्रतिनिधिज्यूहरु, वडा नं १ देखि १५ नं वडाका नगर सभा सदस्यज्यूहरु, नगर भित्रका सवै सरकारी निकायका प्रमुख एवं प्रतिनिधिज्यूहरु, सुरक्षा निकायका प्रतिनिधिज्यूहरु, नगरपालिका अन्तर्गतका सम्पूर्ण बिद्यालयका प्रधानाध्यापकज्यूहरु, नगर उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स चन्द्रागिरिका अध्यक्षज्यूहरु, स्थानीय कलाकारज्यूहरु, नगरपालिका एवं वडा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरु, स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाज्युहरु, संचारकर्मीहरु लगायत अन्य भद्र महानुभावहरुको उपस्थिति रहेको थियो | उद्घाटन समारोहलाइ नगर उप प्रमुख श्री लिशा नकर्मीज्यूबाट उद्घाटनमा पाल्नुभएका प्रमुख अतिथि, बिशिस्ट अतिथि, अतिथि लगायत अन्य उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत मन्तव्य व्यक्त गरि स्वागत गर्नु भएको थियो, कार्यक्रममा नगरपालिका र विषयगत कार्यालयहरुको तर्फबाट नगरपालिकाको प्रशासन शाखामा कार्यरत सिता कार्की र थानकोट प्राथमिक अस्पतालमा कार्यरत डा.हेमनाथ शर्मालाइ उत्कृष्ट कर्मचारी सम्मान स्वरूप नगद पुरस्कार सहित दोसल्ला ओढाई सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू र नगर उप प्रमुखज्यूबाट सम्मान प्रदान गर्नुभएको थियो | उद्घाटन समारोहलाइ प्रमुख अतिथि श्री शिवसुन्दर राजवैधज्यू, वडा नं १२ का वडा अध्यक्ष श्री प्रकाश श्रेष्ठज्यू र सहायक प्रमुख जिल्ला अधिकारीज्यूबाट आ-आफ्नो भनाई सहित शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो र सभाध्यक्ष नगर प्रमुख श्री घनश्याम गिरीज्यूबाट धन्यवाद ज्ञापन सहित उद्घाटन समारोहको विधिवत समापन गर्नुभएको थियो, कार्यक्रमको संचालन नगर प्रवक्ता तथा वडा अध्यक्ष श्री हरिभक्त महर्जनज्यूले गर्नुभएको थियो, नगरपालिकाको दैनिक प्रशासनिक कामकाज केहि दिन पछि उक्त नवनिर्मित भवनबाट संचालन हुने व्यहोरा समेत सम्पूर्ण सेवाग्राही महानुभावहरुलाई जानकारीका लागि अनुरोध गर्दछौ |