FAQs Complain Problems

चन्द्रागिरि नगरपालिका द्वारा एकल महिलालाइ सम्मान |

समानताको पुस्ता: बलात्कार बिरुद्दको एकता भन्ने नाराका साथ् १६ दिने लैंगिक हिंसा बिरुद्दको अभियान अन्तर्गत १५ औ दिनका दिन मिति २०७६ मंसिर २३ गते चन्द्रागिरि नगरपालिकाले नगरपालिकामा रहेका एकल महिलालाइ सम्मान गरेको छ, उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख तथा प्रमुख बक्ता नगर उप प्रमुखज्यू रहनु भएको सम्मान कार्यक्रममा नगर प्रबक्ता, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगर सदस्य, कर्मचारी तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो | सम्मान हुने एकल महिलाहरुमा वडा नं १ देखि १५ सम्मका १०-१० जना गरि १५० जना एकल महिला हरु सम्मान्नित हुनु भएको थियो |