FAQs Complain Problems

चन्द्रागिरि नगरपालिका र श्री ब्राईट फ्युचर माध्यमिक विद्यालय, तीनथाना विच ट्राफिक लाइट जडानका लागि आपसी समझदारी सम्पन्न |

सडक सुरक्षामा सार्वजनिक–निजी साझेदारीको ऐतिहासिक पहल
मिति २०८३/०४/०५ गते चन्द्रागिरि नगरपालिका र श्री ब्राईट फ्युचर माध्यमिक विद्यालय, तीनथाना बीच विद्यालयको पूर्ण आर्थिक लगानी (Corporate Social Responsibility - CSR) मा नैकाप क्षेत्रमा स्मार्ट पेलिकन ट्राफिक लाइट जडान गर्ने सम्झौता सम्पन्न भएको छ।
ट्राफिक लाइट जडान सम्पन्न भएपछि यसको सञ्चालन तथा व्यवस्थापन रामशाहस्थित नेपाल ट्राफिक प्रहरी कार्यालय मार्फत गरिनेछ।
यस पहलले चन्द्रागिरि नगरपालिकामा निजी क्षेत्रबाट सडक सुरक्षामा सामाजिक उत्तरदायित्व अन्तर्गत लगानी गर्ने संस्कृतिलाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ। साथै विद्यालयका विद्यार्थी, अभिभावक तथा सर्वसाधारण पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्न सहज वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ।
यो पहल सरकारी–निजी साझेदारी (Public-Private Partnership) मार्फत सुरक्षित, व्यवस्थित र दिगो शहरी पूर्वाधार विकासतर्फको एक अनुकरणीय तथा कोशेढुङ्गासरह नमुना हो।
सुरक्षित सडक, सुरक्षित भविष्य।
सहकार्यबाट समृद्ध र सुरक्षित चन्द्रागिरि।