FAQs Complain Problems

चन्द्रागिरी नगरपालिकाद्वारा बिदेशी राष्ट्रका मेयर तथा अतिथिगणहरुलाई स्वागत सम्पन्न |

आज मिति २०७६ भाद्र २८ गतेका दिन चन्द्रागिरी नगरपालिकाबाट बिभिन्न देशहरुका मेयर तथा अतिथिगणहरुलाई चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख श्री घनश्याम गिरि, नगर उप प्रमुख श्री लिशा नकर्मी, वडा अध्यक्षज्यूहरु र कार्यपालिका सदस्यज्यूहरुबाट चन्द्रागिरी हिल्सको प्रांगणमा स्वागत गर्नु भयो सो पश्चात चन्द्रागिरी केबलकारबाट चन्द्रागिरी हिल्सको अवलोकन गरि आयोजना गरिएको कार्यक्रममा नगर प्रमुखज्यूबाट स्वागत मन्तब्यसहित चन्द्रागिरी नगरपालिकाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय पक्षहरुको बारेमा जानकारी दिनुभयो कार्यक्रममा स्थानीय बाजागाजा सहित बिभिन्न झाकी तथा नृत्यहरु प्रदर्शन गरि कार्यक्रमको शोभा बढाइएको थियो उक्त कार्यक्रमबाट आगामी दिनहरुमा चन्द्रागिरी नगरपालिकामा ठुलो संख्यमा बिदेशी पर्यटकहरुको आगमन हुने अपेक्षा गरियको छ कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर श्री बिद्यासुन्दर शाक्य, उप मेयर हरिप्रभा खड्की, जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको उपश्थिति रहेको थियो |