FAQs Complain Problems

नगरपालिकाद्वारा २ थान मोटरसाइकल प्रहरी वृत्त थानकोटलाई हस्तान्तरण |

आज मिति २०७७/०२/१५ गतेका दिन महानगरीय प्रहरी बृत थानकोटको प्राङ्गणमा चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीज्यूको अध्यक्षतामा,काठमाडौँ प्रहरी परिसर प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी) श्याम ज्ञवाली ज्यूको प्रमुख आतिथ्यतामा, नगर उप प्रमुख लिशा नकर्मीज्यूको बिशेष आतिथ्यतामा नगरपालिका क्षेत्रभित्र खटिएर शान्ति सुरक्षा कायम गर्न सहयोग प्रदान गर्नुहुने महानगरीय प्रहरी बृत थानकोट र यस मातहतका प्रभागलाई नगरपालिका क्षेत्रभित्रको सुरक्षालाई अझ प्रबाभग्राही बनाउन टेवा पुर्याउने हेतुले नगरपालिकाको तर्फबाट २ थान मोटरसाइकल हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो। कार्यक्रमको संचालन महानगरीय प्रहरी बृत थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठज्यूले गर्नुभएको थियो।कार्यक्रममा नगरपालिकाका नगर प्रवक्ताज्यू, प्रमुख प्रशासकिय अधिकृतजयू, बृत अन्तर्गतका प्रभाग प्रमुखज्यूहरू तथा अन्यको उपस्थिति रहेको थियो।