FAQs Complain Problems

बिभिन्न संस्थाद्धारा कोरोना भाइरस (COVID-19) को रोकथाम तथा नियन्त्रणका लागि मिति २०७७ बैशाख १४ गते नगद सहयोग हस्तान्तरण |

कोरोना भाईरस (COVID-19) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको चन्द्रागिरि नगरपालिका नगरस्तरीय विपद् व्यवस्थापन समितिको कोषमा आज मिति २०७७ बैशाख १४ गते बिभिन्न संस्थाद्वारा नगद सहयोग स्वरूप नगर प्रमुख, नगर उप प्रमुख, नगर प्रवक्ता, प्रमुख प्रशासकीय अधिकृत तथा नगरपालिका कर्मचारीहरुका विच नगरपालिकालाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो । सहयोग गर्नुहुने संस्थाहरुमा च.न.पा १० सतुंगलस्थित काठमान्डौ शिक्षा क्याम्पसको तर्फबाट नगद रु २५,०००|००, च.न.पा १४ नैकाप स्थित तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. को तर्फबाट नगद रु ५५,०००|०० त्यसै गरि च.न.पा १५ तीनथाना स्थित सुप्रिम मार्केटिंग प्रा.लि.काठमान्डौको तर्फबाट नगद रु १,००,०००|०० प्रदान गर्नुभयो | सहयोग गर्नुहुने व्यक्ति तथा संस्थाहरुलाई चन्द्रागिरि नगरपालिका हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।