FAQs Complain Problems

हार्दिक श्रद्दान्जली |

हार्दिक श्रद्दान्जली

ताप्लेजुङको फुङलिङ नगरपालिका १० को दारेढुंगाको जंगलमा मिति २०७५ फाल्गुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सहित सातजनाको ज्यान गएको खबरले हामी स्तब्ध भएका छौं।

हेलिकप्टरमा सवार मन्त्री अधिकारी, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया, हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी तथा मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरेको आत्मालाई चीर शान्ति र परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्।

यस दुखद घडीमा चन्द्रागिरी नगरपालिका भावपूर्ण श्रद्दान्जली ब्यक्त गर्दछ।

चन्द्रागिरी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
बलम्बु काठमाडौँ 
३ नंदेश, नेपाल