FAQs Complain Problems

Caritas Australia and Australian Aid को तर्फबाट कोरोना भाइरस (COVID-19) को रोकथाम तथा नियन्त्रणका लागि मिति २०७७ जेष्ठ १६ गते स्वास्थ्य सहयोग सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न |

कोरोना भाईरस (COVID-19) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको चन्द्रागिरि नगरपालिका नगरस्तरीय विपद् व्यवस्थापन समितिको कोषमा आज मिति २०७७ जेष्ठ १६ गते स्वास्थ्य सामाग्री सहयोग स्वरूप नगर उप प्रमुख लिशा नकर्मीज्यू, नगर प्रवक्ता हरिभक्त महर्जनज्यू, वडा नं १ का वडा अध्यक्ष राजेन्द्र के.सी.ज्यू प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की तथा नगरपालिका कर्मचारीहरुका विच नगरपालिकालाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो । सहयोग गर्नुहुने संस्थाहरुमा कारितास नेपाल, सर्बोदय नेपाल, Caritas Australia and Australian Aid को तर्फबाट हाइजेनिक किट किट ७० सेट, थर्मल गन ३ थान, स्प्रे मेशिन २ थान, स्प्रे झोल ५ लि. KN95 माक्स/पन्जा ४०/४० थान Caritas Nepal का कार्यक्रम प्रबन्धक तेज बहादुर बस्नेतले प्रदान गर्नुभयो | सहयोग गर्नुहुने संस्थाहरुलाई चन्द्रागिरि नगरपालिका हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।