FAQs Complain Problems

विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई उद्धार तथा सुरक्षा सामग्री हस्तान्तरण |

चन्द्रागिरि नगरपालिकाले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली सेनाको युद्ध कवच गण, सीतापाइला लाई आवश्यक उद्धार तथा सुरक्षा सामग्री हस्तान्तरण गरेको छ।
२०८३ भाद्र १० गतेको भोटेकोशी विपद्लगायत विभिन्न प्राकृतिक विपद्का समयमा उद्धार तथा प्रतिकार्यमा खटिने सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चन्द्रागिरि नगरपालिकाको कार्यक्षेत्रमा रहेको युद्ध कवच गणलाई उक्त सामग्री उपलब्ध गराइएको हो।
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थितिमा नेपाली सेनाका प्रतिनिधिलाई विपद् उद्धार तथा सुरक्षामा प्रयोग हुने सामग्री औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
विपद्का बेला नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षाका लागि अग्रपङ्क्तिमा खटिने सुरक्षा निकायलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउँदै स्थानीय सरकार र सुरक्षा निकायबीचको समन्वय तथा सहकार्यलाई अझ प्रभावकारी बनाउने नगरपालिकाको उद्देश्य रहेको छ।
चन्द्रागिरि नगरपालिकाले यसअघि पनि विपद् व्यवस्थापन तथा उद्धार कार्यमा उपयोगी विभिन्न सामग्री सुरक्षा निकायलाई हस्तान्तरण गरिसकेको छ। आगामी दिनमा समेत विपद् पूर्वतयारी, खोज तथा उद्धार, जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक सहकार्यलाई निरन्तरता दिइनेछ।